खप्तड गोल्डकपः संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा

धनगढी– सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ।   धनगढी रंगशालामा बुुधबार भएको खेलमा सङ्कटा क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो।   एपिएफका अञ्जन विष्टले पहिलो हाफको २३ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएकामा दोस्रो हाफको ८५ औँ मिनेटमा अर्को गोल…