विप्लव माओवादीका गतिविधीमा निगरानी र कारवाही अघि बढाउने प्रहरीको तयारी

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेपछि प्रहरीले विशेष निगरानी र कारबाही अघि बढाउने तयारी गरेको छ। सरकारको निर्णय आएपछि सोही अनुसार अघि बढ्ने प्रहरीको भनाई छ। प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले संविधान विपरीतका कार्य हुन नदिन प्रहरी सधैँ लागिरहेको भन्दै सरकारको निर्णय प्राप्त भएपछि त्यसैअनुसार निगरानी गर्ने बताए। हिंसात्मक र…