देशभर २४ घण्टामा २५ विपद्का घटना, ५ जनाको मृत्यु र ११ जना घाइते

काठमाण्डु- देशका विभिन्न भागमा विगत २४ घण्टामा जेठ २० गते बिहान १०: ०० बजेदेखि २१ जेठ बिहान १०: ०० बजेसम्म विपद्का २५ वटा घटनाहरू घटेका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन संख्या २१७२० अनुसार यी घटनाहरूमा परी ५ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।…