गैरआवासीय नेपालीलाई ‘एनआरएनए कार्ड’ छिट्टै वितरण हुनेछ : परराष्ट्रमन्त्री राणा

काठमाण्डु – परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली परिचयपत्र (एनआरएनए कार्ड) वितरण गर्ने मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिट्टै नयाँ रूपमा वितरण गर्ने बताएकी छन् । एनआरएनएको एकता महाधिवेशन उद्घाटन सत्रमा बोल्दै परराष्ट्रमन्त्री देउवाले परराष्ट्र मन्त्रालयमा मस्यौदा भइरहेको विधेयकलाई अन्तिम रूप दिएपछि कार्ड वितरण हुने बताइन् । सर्वोच्च अदालतको फैसलाअनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि…