काठमाण्डु - काठमाण्डुका सडकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेकाे हाे । नयाँबानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै एक हजार बढी प्रहरी खटाइएको छ । यसबाहेक सशस्त्र प्रहरीको छुट्टै टोली खटाइएको छ । शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी…