लेखा समितिको निर्देशन विपरित सेनाले फास्ट ट्रयाकको ठेक्का अघि बढायो

काठमाण्डु – नेपाली सेनाले विवादमा परेको काठमाण्डु–तराई द्रूतमार्ग (फास्ट ट्रयाक) को ठेक्का प्रक्रिया अघि बढाएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गर्दै सेनाले निर्माणको ठेक्का प्रक्रिया अघि बढाएको हो । सेनाले मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर…