अवकाश प्राप्त सैनिकले गरेका निःस्वार्थ सेवा प्रशंसनीय छन् : प्रधानसेनापति थापा

काठमाण्डु -  प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाश प्राप्त सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिका प्रशंसनीय भएको बताएका छन् । आइतबार मकवानपुरको हेटौंडास्थित मध्य पृतना हेडक्वाटरमा आयोजना भएको प्रदेश स्तरीय भूपू सैनिक सम्मेलनमा सम्बोधन गर्दै उनले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरेका हुन् ।…