काठमाण्डु – महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको शुरुवात गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो । ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम(टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली(आरआईएमएस) र…