काठमाडौं – बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीमाथि छानविन सुरु भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनपछि महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले छानविन सुरु गरेको हो । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ललितपुर प्रहरीले…