काठमाडौँ - प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरी पूर्णरुपमा व्यावसायिक र पारदर्शी रहेको बताएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी खनालले अन्तर्रा्ष्ट्रिय समुदायले समेत नेपाल प्रहरीको प्रशंसा गरिरहेको बेला,तर नेपालभित्रै भने नेपाल प्रहरीप्रति नकारात्मक टिप्पणी बढी हावी भइरहेको खनालले बताएका हुन् । ‘संयुक्त राष्ट्र संघसम्ममा नेपाल प्रहरीको प्रशंसा भइरहेको छ।…