भारतीय प्रहरीले पायो ठुलो सफलता, दुबईमा पक्राउ परे अन्डरवर्ल्डका डन दाउदका निकट सहयोगी

काठमाडौँ – भारतीय अन्डरवर्ल्डका डन दाउद इब्राहिका निकट सहयोगी फारुक टकला दुबईमा पक्राउ परेका छन् । उनलाई बिहीबार एयर इन्डियाको फ्लाइटबाट मुम्बई ल्याइएको छ । टकलालाई आजै विशेष टाडा अदालतमा उपस्थित गराउने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनीविरुद्ध अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सन् १९९५ मा रेड कर्नर नोटिस जारी भएको थियो ।…