काठमाडौं– भारतले पहिलोपटक नेपाललाई अपराधी सुपुर्दगी गरेको छ। १६ वर्षअघि ठमेलको जुली स्टुडियो डिस्कोमा भएको हत्या घटनाका मुुख्य अभियुक्त मुखिया गरुङलाई भारतले नेपाललाई सुुपुर्दगी गरेको हो। भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका उनलाई नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत शुक्रबार काठमाडौं ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले जानकारी दिए। गुरुङको समूहले २०५८ कात्तिक १८ गते…