नेपालका बलर चम्किँदा नेदरल्यान्ड्स १२० रनमै समेटियो

काठमाण्डु- काठमाण्डु नेदरल्यान्ड्सले नेपाललाई १ सय २१ रनको लक्ष्य दिएको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन मात्रै बनाएको हो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काए ।…