काठमाण्डु- पेरिस ओलम्पिक २०२४ का लागि आगामी महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् । प्रतियोगिताको बन्द प्रशिक्षण फागुन ३ गतेदेखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ । छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने छ । नेपालको…