कोरोना कोषमा एक लाख सहयोग गर्ने सन्दीपको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु एक लाख सहयोग गर्ने भएका छन् । उनले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । ‘कोषमा रु एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई…