प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल : एपीएफ फाइनलमा

काठमाडौं – एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको सेमिफाइनलमा एपीएफले शुरुआतदेखि नै पुलिस क्ब्लबलाई दबाबमा राखेको थियो । एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै अनिता…