प्रधानसेनापति राष्ट्रिय भलिबलमा आर्मी र गण्डकीको जीत

काठमाडौं— प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले जित हासिल गरेका छन्। लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको प्रतियोगिताको चौथो संस्करणको खेलमा आर्मीले प्रदेश नं १ लाई ३–० तथा गण्डकीले प्रदेश नं ३ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले प्रदेश १ लाई २५–२०, २५–१२…