धनगढी - धनगढी क्रिकेट एकेडेमी ९डिसिए०को टोली १० दिने खेल भ्रमणका लागि आईतबार मुम्बई प्रस्थान गरेको छ । टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग सात एकदिवसीय खेल खेल्न लागेको डिसिएले जनाएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले टोलीलाई बिदाइ गर्दै क्रिकेट खेलमा विकासका लागि नगरपालिकाले आगामी दिनमा बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे ।…