हेरी केनको ह्याट्रिकमा इंग्ल्यान्ड विजयी, नकआउट चरणमा प्रवेश

काठमाडौं– इंग्ल्यान्ड पनामाविरुद्ध फराकिलो जीतसँगै विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा कप्तान हेरी केनको ह्याट्रिक मद्दतमा  इंग्ल्याण्डले पनामालाई ६–१ ले पराजित गरेको हो। इंग्ल्यान्डका लागि ह्याट्रिक गर्ने क्रममा कप्तान केनले दुई गोल पेनाल्टीमार्फत गरेका थिए। केनले २२औँ, ४५औँ र ६२औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन्। उनले यो प्रतियोगितामा…