काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्ड्सलार्इ १ रनले पराजित गर्दै नेपालले एेतिहासिक जित हात पारेको छ। योसँगै नेपालले नेदरल्याण्ड्सविरुद्धको दुर्इ खेलको श्रृखंलामा १–१ को बराबरी गरेको छ। एकदिवसीय मान्यता पाएको साढे चार महिनापछि डेब्यू गरेको नेपालले शुक्रबार एकदिवसीय खेलमा पहिलो जित हात पारेको हो। नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स अन्तिम बलमा सबै…