नेपाल बलियाे प्रतिद्वन्दी जापानसँग सामना गर्दै

काठमाडौं – इन्डोनेसियामा जारी एसियाली खेलकुदको पुरुष फुटबलमा नेपाली यु–२३ टोलीले मंगलबार (आज) एसियाली पावर हाउस जापानको यु–२३ टोलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल सकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। १० दिने थाइल्याण्ड बसाईपछि नेपाली टोली सिधै इन्डोनेसिया गएको हो। टोलीले १० दिन थाइल्याण्ड बसाईमा २ अभ्यास खेल र प्रशिक्षण…