विन्दा आचार्य/काठमाडौं – गुरु शब्द संस्कृत भाषाको ‘गु’(अन्धकार ) र ‘रु’ (हटाउने)अक्षरको संयोजनबाट बनेको हो । जसको अर्थ हुन्छ, अज्ञानता रुपि अन्धकार हटाई ज्ञान रुपि उज्यालो तर्फ उन्मुख गराउने शिक्षक, मार्गनिर्देशक, पथप्रदर्शक वा प्रेरणादायी ब्यक्तित्व । अध्यात्मिक मार्गमा, योग साधनाका क्षेत्रमा र गुरु–शिष्य परम्परामा ज्ञानको प्रकाश छरेर कुनै पनि विषय वा वस्तुमाथी प्रकास पार्ने भएकोले…