काठमाडौं - पुरानो लोकतन्त्र भएको देश भारतमा बिहीबारदेखि आमनिर्वाचन शुरू हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा मताधिकार प्रयोग गर्न समय नजिकै पुग्दा र आफ्नो नेता छान्न पाउँदा हर्षित हुनुपर्नेमा दुःखद घटना सुनिएका छन् । छिटपुट वा अपवाद भएपनि निर्वाचनको मुखमा जनताले आत्महत्या गरेर देशभर सन्देश दिन खाज्नु सामान्य घटना होइन । निर्वाचनको मुखैमा उत्तराखण्ड प्रदेशको हरिद्वार जिल्ला…