प्रतिनिधि सभामा रास्वपाको संकल्प प्रस्ताव दर्ता, हत्यारालाई आममाफी दिने कार्य रोक्न माग

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हत्यारालाई आममाफी दिने कार्य रोक्न माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेको छ । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण रोक्न माग गर्दै रास्वपाले मंगलबार संकल्प प्रस्ताव दर्ता गराएको हो । रास्वपा संसदीय दलका उपनेता डीपी अर्याल, निशा डाँगी र अशोककुमार चौधरीले संकल्प प्रस्ताव दर्ता गराएका छन् ।…