महामन्त्री थापाको प्रस्ताव : कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाऔं

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउन प्रस्ताव गरेका छन् । आईतबार कांग्रेस रूपान्तरण अभियानले काठमाण्डुमा गरेको कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व गर्दा समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने बताए । ‘म त के प्रस्ताव गर्छु भने यो दुई–अढाई वर्ष उहाँहरूले…