काठमाण्डु- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी २०८४ को निर्वाचनसम्म प्रमुख प्रतिपक्षी दलको भूमिकामै रहने बताएका छन् । प्रेस सेन्टर कैलालीले धनगढीमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाएकोले आफूहरू प्रतिपक्षमै बस्ने बताएका हुन् । अब एमालेसँगको सहकार्यको सम्भावना समाप्त भएको पनि पुनले बताए…