काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्ष निकालेका छन् । राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङदेनसँग पराजित भएलगत्तै दरवारमार्गस्थित याक एन्ड यति होटेलमा थापा समूहवाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकले सो निष्कर्ष निकालेको हो । अध्यक्ष लिङदेन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी…