प्रविधिको दुरुपयोग हुँदा अपराध बढ्यो : डिआइजी क्षेत्री

काठमाडौँ— महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शैलेश थापा क्षेत्री सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको बताएका छन्। समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कुल नयाँबानेश्वरमा अध्यनरत विद्यार्थीहरू तथा अभिभावकहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनले लागूऔषध, साइबर क्राइम, सामाजिक संजाल प्रयोग सम्बन्धी चेतनामूलक प्रशिक्षण दिंदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिए। प्रहरीले…