कञ्चनपुर – दुई लाख घुस रकमसहित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले घुससहित कार्यालय प्रमुख अजित कुमार श्रीवास्तव र इञ्जिनियर ग्रिष्मा ठगुन्नालाई पक्राउ गरेको हो । भीमदत्त नगरपालिका–१९ को चौधर नदीमा तटबन्ध निर्माणमा १५ प्रतिशत रकम घुस मागेको सेवाग्राहीले बताएका छन्…