अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

झापा – मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम १२० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङको उर्लाबारी नगरपालिका–५ बस्ने २६ वर्षीय समिर मगर र सोही नगरपालिका–२ बस्ने २७ वर्षीय सुजन कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त…