उपत्यकामा लागुऔषध भित्रिने क्रममा वृद्धि, धमाधम पक्राउ गर्दै प्रहरी

काठमाण्डु – काठमाण्डुमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले मुलुकमा पछिल्लो समयमा राजनीतिक आन्दोलनलगायत घटनाक्रम…