दमौली - जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा १३ फरार प्रतिवादी पक्राउ गरेको छ। चालु आर्थिक वर्ष ०७६/७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुबाट १४ वर्ष चार महिना चार दिन कैद र तीन लाख छ हजार ८ सय २ रूपैयाँ जरिवाना असुल उपर गराइएको…