काठमाडौँ - काठमाडौंमा सुन भनेर फलाम बेच्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रेको चौरी देउराली गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठ रहेका छन्। उनीहरूले सुरुमा फलामको टुक्राको एक भागमा थोरै सुनको जलप लगाएको र सोही ठाउँबाट सुन हो होइन…