काठमाडौं—उपत्यकाका विभिन्न स्थानबाट चोरी कार्यमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र भएका चोरीका घटनामा संलग्न रहेका व्यक्तिहरुको खोजी गर्ने क्रममा चोरी कार्यमा संलग्न उनीहरुलाई चोरी गरी लगिएको सामान सहित फेला पारी पक्राउ गरिएको सो महाशाखाले जनाएको छ । पक्राउ पर्नेहरुमा धादिङ सत्यदेवी गाउँपालिका-७…