धुलिखेलमा नेपालकै ठूलो मानसिक स्वास्थ्य केन्द्र सञ्चालन

काठमाण्डु – काभ्रेको धुलिखेलमा नेपालकै ठूलो मानसिक स्वास्थ्य अनुसन्धान केन्द्र तथा अस्पताल सञ्चालनमा आएको छ । काठमाण्डु विश्वविद्यालयको स्कूल अफ मेडिकल साइन्सअन्तर्गत स्वायत्त निकायको रूपमा सेन्टर फर मेन्टल हेल्थ (मानसिक स्वास्थ्य केन्द्र) सञ्चालनमा आएको केन्द्रका निर्देशक डा. दिपक कुँवरले जानकारी दिए । ‘केन्द्र अन्तर्गत अनुसन्धान केन्द्र, पुनःस्थापना केन्द्र र मानसिक अस्पताल सञ्चालनमा छन्,’ उनले भने,…