कक्षा १२ लाई करिश्मा मानन्धरको गुडबाई

काठमाण्डु – अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकेकी छन् । राष्ट्रिय परीक्षा बोर्डले ३० भदौदेखि कक्षा १२ को परीक्षा लिएको थियो । तालिकाअनुसार शुक्रबार कक्षा १२ को सबै परीक्षा सकिएको छ । परीक्षा सकिएपछि अभिनेत्री मानन्धरले ‘गुडबाई १२’ भन्दै सबैलाई ब्याचलर पढ्न शुभकामना दिएकी छन् । ललितपुरको टौखेलस्थित आफ्नै घर नजिकको किटनी माविमा…