काठमाण्डु – फेसबुकले अष्ट्रेलियामा समाचार पेजमाथि लगाएको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । गत बिहीबारदेखि समाचार साइटमा प्रतिबन्ध लगाउँदै आएको फेसबुकले मंगलबार यस्तो घोषणा गरेको हो । अष्ट्रेलियाका ट्रिएजर जोस फ्रिडेनबर्गले अष्ट्रेलियामा आगामी दिनमा फेसबुकको समाचार पेजमाथि लगाइएको प्रतिबन्ध हट्ने बताएका छन् । अष्ट्रेलियाले समाचार कन्टेन्टबाट हुने आम्दानीको हिस्सा मिडिया कम्पनीहरुसँग बाँड्नुपर्ने नियम ल्याएसँगै फेसबुकले…