एजे्नसी – अन्ततः श्रीलंका सरकारले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) सम्झौतामा हस्ताक्षर नगर्ने भएको छ । लामो छलफलपछि श्रीलंका सरकारले एमसिसी सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् लगानी प्रवर्द्धन राज्यमन्त्री केहेलिया रम्बुक्वेल्लाले प्रधानमन्त्री महिन्दा राजापाक्षेको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले ‘सम्झौतामा हस्ताक्षर नगर्ने’ निर्णय गरेको जानकारी दिएका हुन् । नेपालमा जस्तै श्रीलंकामा पनि…