काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष सुमारसहितको टोली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेर देउवासँग भेटवार्ता गरेको हो । उनीहरुबीचको भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । भेटमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर…