काठमाण्डु - अफगानिस्तानका लागि नेपालले पठाएको सहायता सामग्री संयुक्त राष्ट्रसंघलाई हस्तान्तरण गरिएको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोलीले आज बिहान अफगानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरू र लत्ता कपडा काबुलस्थित राष्ट्रसंघको मिसनलाई हस्तान्तरण गरेको हो। हिमालय एयरलाइन्सको जहाजमार्फत् औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करिब १४ टन सामग्री अफगानिस्तान पठाइएको थियो। अफगानिस्तानका…