चीनले अनुदानमा दिएका अक्सिजन सिलिन्डर नेपाल भित्रिए

काठमाण्डु – चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिन्डर नेपाल भित्रिएको छ । अनुदानका सिलिन्डर बोकेका चिनियाँ गाडी रसुवागढी नाकाबाट नेपाल भित्रिएका हुन् । १ हजार ५ सय वटा अक्सिजन सिलिन्डर बोकेर गत ७ गते बेइजिङबाट हिँडेका चिनियाँ गाडी आज नेपाल भित्रिएका हुन् । चार वटा चिनियाँ गाडीले अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क ल्याएको…