परराष्ट्र प्रशासनमाथि गम्भीर प्रश्न : कसरी पर्दैछ मुलुक भड्खालोमा ?

काठमाडौं - गत वर्ष पुस ११ गते परराष्ट्र मन्त्रालयले निकालेको एउटा विज्ञप्ति विवादित बन्यो । सुनामीमा भएको क्षतिपछि इन्डोनेशिया सरकारलाई पठाइएको सन्देश सम्बन्धी विज्ञप्तिमा ‘समवेदना, सहानुभूति’ हुनुपर्नेमा ‘बधाई’ लेखिएको थियो । परराष्ट्र सम्बन्धको संवेदनशीलतामा सचेत हुनुपर्ने कर्मचारीको लापरवाहीका कारण सुनामीको क्षतिप्रति ‘बधाई’ दिएको आशय व्यक्त भएको थियो । सामान्य लापरवाहीले निम्त्याएको गम्भीर त्रुटि थियो त्यो ।…