एजेन्सी - ऋण चुक्ता गर्न नसकेका कारण हजारौं किसानले आत्महत्या गर्दै आएका छन् । यो आत्महत्यालाई रोक्न बलिउड अभिनेता अमिताभ बच्चनले अति विपन्न किसानको ऋणा चुक्ता गर्दै आएका छन् । अभिनेता अमिताभले अहिलेसम्म २१ सय किसानको ऋण चुक्ता गरिसकेका छन् । उनले यसरी चुक्ता गरेको ऋण प्रतिकिसान हजार होइन लाखौं रुपैयाँ पनि रहेको छ ।…