काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेका नेता–कार्यकर्ता सामाजिक रूपान्तरणका अभियानकर्ताको रूपमा स्थापित हुनुपर्ने बताएका छन् । शुक्रबार नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको शपथग्रहण कार्यक्रममा बोल्दै पोखरेलले एमाले नेता–कार्यकर्ता अरूभन्दा अब्बल साबित हुनुपर्ने बताए । ‘वास्तविक कम्युनिष्टका रूपमा, समृद्धिको अभियानकर्ताको रूपमा, समाजको रूपान्तरणकर्ताको रूपमा तपाईं–हामीले आफूलाई योग्य साबित गर्नुपर्दछ,’ उनले भने । नेकपा…