काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझ सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौको भृकुटिमण्डपमा आयोजित चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्नको लागि राजनीतिक दलहरुबीच सुदृढ सम्बन्ध र…