काठमाडौं - चिकित्सा शिक्षा विधेयकमा अनशनरत डा गोविन्द केसीका सबै माग नसमेटिएको भन्दै काठमाडौंको माइतिघर मण्डलामा विवेकशील साझा पार्टी र नेपाल विद्यार्थी संघले आइतबार छुट्छुट्टै प्रदर्शन गरेका छन्। सरकार र केसीबीच १५ औं अनसनमा भएको सम्झौताविपरित विधेयक पारित गरेको भन्दै साझा पार्टीले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रर्दशन गरेको हो। यसैगरी, नेविसंघले पनि आज सरकार विरुद्ध विभिन्न…