काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण अत्यन्तै सफल भएको दाबी गर्दै छिटै चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण हुनेमा आफू विश्वस्त रहेको समेत बताए । चिनको छ दिने औपचारिक भ्रमण सकेर आईतबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भेटमा आफूले नेपाल भ्रमणको निम्तो दिएको र सीका तर्फबाट सकारात्मक प्रतिक्रिया…