शेरा दरबार प्रकरणमा माओवादी बोल्यो – प्रचण्डलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन

काठमाण्डु – नेकपा माओवादी केन्द्रले शेरा दरबार जग्गा अनियमितता प्रकरणमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जोडेर प्रचार गर्नुको कुनै आधार नभएको जनाएको छ । सोमबार प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको धारणा सार्वजनिक गर्दै जग्गा प्रकरणमा मुछिएका व्यक्ति विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । ‘केही सञ्चारमाध्यममा प्रकाशित नुवाकोटको ‘शेरा दरवार’ जग्गा प्रकरणमा हाम्रो पार्टी…