काठमाण्डु – सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् निर्णयहरू – १. नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड) को प्रसारण लाइन निर्माणको लागि स्थापित Cross Border Power Transmission Company…