इलाम-२ बाट उपनिर्वाचनका लागि उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए निवेदन

काठमाण्डु- इलाम-२ मा हुने उपनिर्वाचनका लागि सुहाङ नेम्वाङले नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न निवेदन दिएका छन् । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा इलाम-२ बाट आफूलाई उम्मेदवार बनाउन पार्टीमा निवेदन दिएका हुन् । पार्टी उपाध्यक्ष उदयबहादुर राई नेतृत्वको कार्यदलले उम्मेदवारका आकांक्षीहरुसँग निवेदन मागेको थियो । निवेदन माग अनुसार सुहाङले उम्मेदवार बनाउन भन्दै निवेदन दिएका हुन् ।…