बागमती प्रदेशका ६ मन्त्रीले बुझाए मुख्यमन्त्री जम्कट्टेललाई सामूहिक राजीनामा

काठमाण्डु – बागमती प्रदेशका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका छन् । संघीय सरकारको सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामा, संसदीय दलका उपनेता तथा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री…