प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित

काठमाण्डु – प्रतिनिधिसभा बैठकले संविधानसभा अध्यक्ष, पूर्व सभामुख, प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकले स्व. नेम्वाङको निधनको शोक प्रस्ताव पारित गरेको हो । बैठकमा नेम्वाङको सम्मानमा १ मिनेट उठेर मौन धारण समेत गरिएको छ । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक…