काठमाण्डु- बिहान हुनेबित्तिकै अफगानिस्तानको गोर प्रान्तको राजधानी चघचरानको धूलाम्मे चौकमा सयौं पुरुषहरू जम्मा हुन्छन् । थकित अनुहार लिएर उनीहरू सडकछेउ लामबद्ध उभिन्छन्, यस आशामा कि कोही आएर उनीहरूलाई केही खानेकुरा र काम दिनेछ । त्यसैमा निर्भर हुन्छन् कि त्यस दिन उनीहरूको परिवारले खाना पाउने कि नपाउने । तर काम पाउने सम्भावना अत्यन्त न्यून छ ।…