काठमाण्डु– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले संविधानको शक्ति सन्तुलनको मूल दर्शनमाथि नै गम्भीर प्रहार गरेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दे उनले सरकारले ल्याएको उक्त अध्यादेश कुनै साधारण प्राविधिक संशोधन मात्रै भएको बताएका हुन् । उनले लखेका छन्, ‘यसले संविधानको शक्ति सन्तुलनको मूल दर्शनमाथि नै गम्भीर प्रहार गरेको छ…